दुई हजार १३७ जनामा सङ्क्रमण पुष्टि, ५५ जनाको मृत्यु

२४ साउन, काठमाडाैँ । पछिल्लो २४ घण्टामा दुई हजार १३७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको नौ हजार ३३ जनामा आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, तीन हजार ३४५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ४११ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार २९ जना कोरोना सङ्क्रमित निको भएका छन् भने सङ्क्रमणका कारण ५५ जनाको मृत्यु भएको छ । योसँगै दश हजार ९३ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म ९३.६ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment