जलविद्युत र विकास बैंकमा आकर्षण बढ्दा १४ अर्ब माथि कारोबार

२४ साउन, काठमाडौं । आइतबार १४ अर्ब ३० करोड रुपैयाँको सेयर कारोबार भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार जलविद्युत र विकास बैंकमा लगानीकर्ताको आकर्षण बढ्दा कारोबार रकम १४ अर्ब ३० करोड नाघेको छ ।

यसदिन जलविद्युतको सूचक ३.३३ र विकास बैंक सूचक १.३२ प्रतिशतले बढेको छ । नेप्से परिसूचक भने झिनो अंक ०.६६ ले बढेको छ। परिसूचक ३ हजार १०८ अंकमा कायम भएको छ। दिउँसो १ बजे बजार २ हजार १२१ सम्म पुगे पनि वृद्धिदर सम्हालिन सकेन।

यस दिन ८२ कम्पनीको मूल्य बढेको छ भने ९७ कम्पनीको मूल्य घटेको छ। ६ कम्पनीको मूल्य स्थिर रह्यो।

समूहगत रुपमा हेर्दा यस दिन बैंकिङ ०.०३ अंकले घटेको छ। होटल तथा पर्यटन ३९.९, जीवन बीमा १२५, लघुवित्त ७४, निर्जीवन बीमा २०२, अन्य २० रब्यापार ४० अंकले घटेका छन्।

विकास बैंक ६६, फाइनान्स २१, जलविद्युत ११५ र उत्पादन समूह ६ अंकले बढे। mजलविद्युत कम्पनीका लगानीकर्ता यस दिन बढी मूल्य कमाउन सफल भए। अपि पावर, युनिभर्सल पावर र ङादी ग्रुपको मूल्य १० प्रतिशतले बढ्यो।

कर्पोरेट डेभलपमेन्ट बैंक, जीवन विकास लघुवित्त र युनियन लाइफ इन्स्योरेन्सको मूल्य पनि १० प्रतिशतले बढ्यो। आजको कारोबारपछि युनियन लाइफको मूल्य प्रतिकित्ता ५३० रुपैयाँ ९० पैसा पुगेको छ भने जीवन विकासको १६५६ रुपैयाँ ८० पैसा पुगेको छ।

उता आइतबार लघुवित्त र बीमा कम्पनीहरुको शेयरमूल्य भने घटेको छ । यसदिन एनआईसी एशिया डिबेञ्चर ८३।८४, गुराँस लघुवित्त, महिला लघुवित्त, सबैको लघुवित्त, कालिका माइक्रोफाइनान्सको मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

धेरै कारोबार हुने १० कम्पनीमा सबै जलविद्युत कम्पनी परेका छन्। कारोबारका आधारमा अपि पावर सबैभन्दा अगाडि रह्यो। कम्पनीको ८१ करोड रुपैयाँको कारोबार हुँदा दोस्रोमा रहेको अरुणभ्यालीको ६० करोड र तेस्रोमा रहेको युनिभर्सल पावरको ५४ करोडको कारोबार भयो।

ङादी ग्रप, बुटवल पावर, राधी विद्युत, अरुण काबेली, सानिमा माइ हाइड्रो, माथिल्लो तामाकोसी र सिनर्जी पावर कारोबारका आधारमा उत्कृष्ट दशभित्र पर्न सफल भए। कारोबारमा आाएका १३ मध्ये निर्जीवन बीमाको सूचक सर्वाधिक १.३८ प्रतिशतले घट्दा लघुवित्त १.२७, र होटल पर्यटन सूचक १.०६ प्रतिशतले घटेका छन् । ब्यमपार, अन्य, जीवन बीमा र लगानी सूचक सामान्य घटेका छन् ।

फाइनान्स, उत्पादन, म्युचुअल फण्ड, र बैंकिङ्ग सूचक सामान्य सकारात्मक रहेका छन् ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

bankbusinessCoronavirusCovid-19digital khabarFinancehealthHydropowerinsuranceLockdownnepalNewsPoliticshare marketStock Exchangetechnology
Comments (0)
Add Comment