नग्न दृश्यले मच्चाइन् हंगामा, कहाँ थिइन् मन्दाकिनी ?

२४ श्रावण, एजेन्सी । बलिउड नायिका मंदाकिनीले आफ्नो फिल्मी करियरको सुरुवात सन् १९८५ मा रिलिज भएको फिल्म राम तेरी गंगा मैलीमार्फत् गरेकी थिइन् । फिल्ममा मंदाकिनीको भूमिकालाई सबैले याद गरे । फिल्म रिलिज भएपछि उनी रातारात चर्चित भएकी थिइन् । यद्यपि, मंदाकिनीको करियर खासै लामो समयसम्म टिक्न सकेन । भारतीय मिडियामा प्रकाशित समाचार अनुसार अब उनी वर्षौंपछि फिल्ममा फिर्ता हुने तयारीमा छिन् ।

डेब्यू फिल्ममा मंदाकिनीको चर्चा देखेर यो अनुमान लगाइएको थियो कि पछि गएर उनी पनि शीर्ष नायिकामध्ये एक हुनेछिन् । यद्यपि, मंदाकिनी पनि वन फिल्म वंडर साबित भइन् । केही फिल्ममा अभिनय गरेपछि उनी कहिल्यै देखिइनन् ।

मंदाकिनीलाई अन्तिम पटक सन् २००२ मा बांगला फिल्ममा देखिएको थियो । १७ वर्षको फिल्मी करियरमा उनले ४८ फिल्ममा अभिनय गरिन् जसमा हिन्दीका साथै बांगला र तेलुगु फिल्म पनि समावेश छन् ।

मंदाकिनीको चर्चा उनको बोल्ड अवतारका कारण भएको थियो । राम तेरी गंगा मैली फिल्ममा उनको झरनामा देखिएको सेमी न्यूड सीनले बबाल मच्चाएको थियो । यो फिल्ममा मंदाकिनीले थुप्रै बोल्ड सीन दिएकी थिइन् ।

फिल्मबाहेक मंदाकिनी आफ्नो सम्बन्धका कारण पनि चर्चामा रहिन् । एक समयमा उनको नाम दाउद इब्राहिमसँग पनि जोडिएको थियो । मंदाकिनीको सुन्दरतामा दाउद लठ्ठ परेको र उनको पछि लागेको पनि बताउने गरिन्छ । त्यतिबेलाको एउटा तस्बिर पनि भाइरल भएको थियो जसमा मंदाकिनी र दाउद सँगै कुनै स्टेडियममा बसिरहेको देखिएका थिए ।

लगातारको विवादले आजित भएर मंदाकिनी सुटुक्क इन्डष्ट्रिबाट टाढा भइन् । त्यसपछि उनले सन् १९९० मा डाक्टरसँग विवाह गरेर ग्ल्यामरको दुनियाँलाई पूर्ण रुपमा बाईबाई भनेकी थिइन् । बीचमा मंदाकिनी तिब्बतमा भन्टे बच्चाहरुलाई योगा तालिम दिइरहेकी छिन् भन्ने खबर पनि आएको थियो ।

अब मंदाकिनी आफ्नो डेब्यूका लागि तयार छिन् । उनका म्यानेजरले इटाइम्ससँगको कुराकानीमा मंदाकिनी आजकाल स्क्रिप्ट पढिरहेको जानकारी दिए । उनले भने, ‘मंदाकिनी वेब प्लेटफर्म र फिल्ममा काम गर्नका लागि पूर्ण रुपमा तयार छिन् । यद्यपि, उक्त प्रोजेक्टमा उनको मुख्य भूमिका हुनु पर्नेछ ।’

मंदाकिनीलाई भाइ भानुले फिर्ता हुनका लागि तयार गरेका हुन् । भानुले भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा भने, ‘उनी एकपटक कोलकातामा दुर्गा पंडालको दर्शन गर्न पुगेकी थिइन्, त्यहाँ उनलाई भीडले घेरेका थिए । त्यतिबेला थाहा भयो कि उनको अत्यधिक फ्यान फलोविङ छन् । त्यसैले मैले उनलाई अभिनयमा फर्कनुपर्छ भन्ने कुरामा जोड दिन थालेँ ।’

भानु थप्छन्, ‘मंदाकिनीलाई ‘छोटी सरदारनी’ अफर गरिएको थियो, यसका लागि मंदाकिनीले अस्वीकार गरेकी थिइन् । त्यसपछि उनले निर्मातालाई अनिता राजको नाम सुझाएकी थिइन् ।’

म्यानेजर थप्छन्, ‘मंदाकिनी पत्रकारसँग पनि कुराकानी गर्न चाहन्छिन् । हाल उनको ध्यान फिर्तीका लागि उत्कृष्ट प्रोजेक्ट छान्नमा केन्द्रीत छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

ActressBollywoodbusinessCoronavirusdigital khabarhealthLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment