अमेजनले किन्यो करिब १० खर्ब रुपैयाँमा ‘जेम्स बन्ड’ फिल्म निर्माता कम्पनी ‘एमजीएम’

२४ श्रावण, एजेन्सी । अमेजनले हलिउडको सर्वाधिक चर्चित स्टुडियो एमजीएमलाई खरीद गर्ने निश्चित भएको छ । भेराइटीका अनुसार जेफ बेजोसको अमेजनले ८.४५ बिलियन डलरमा एमजीएमलाई खरिद गर्ने सम्झौता भएको हो ।

सन १९२४ अप्रिल १७ मा निर्माण भएको एमजीएम स्टूडियोजलाई अमेजनले ८.४५ अर्ब डलरमा अमेजनले किन्ने निश्चित गरेको हो । सो खरीद पश्चात् अमेजनको प्राइभ स्ट्रिमिंग सर्भिसले उक्त स्टुडियोसँग रहेका ठूलो परिमाणका सामाग्रीहरुको स्वामित्व प्राप्त गर्नेछ ।

झन्डै शताब्दी लामो फिल्म निर्माणको इतिहास बोकेको एमजीएमले सुरुमा टेलिभिजन सिरिजको निर्माण गरेको थियो ।

सिनेमाको एकलौटी मनोरंजनलाई तोड्दै अब ओटीटी प्लेटफर्म हावी हुँवै गएको बेला अलग पहिचान बनाएको एमजीएम बिक्री भएको हो ।

अमेजनले एमजीएमको सम्पदा र फिल्मको क्याटालगलाई सुरक्षित राखिराख्ने प्रतिबद्धता जनाएको छ । साथै, आफ्ना उत्पादनलाई उपभोक्तालाई बृहत पहुँच दिने प्रतिबद्धता पनि छ ।

अमेजनको इतिहासमा उसका लागि यो अहिलेसम्मकै दोस्रो ठूलो खरिद सम्झौता हो । यसअघि उसले सन् २०१७ मा होल फुड्स चेनलाई १३.७ बिलियन डलरमा खरिद गरेको थियो ।



मल्टिमिडिया ग्यालरी

AmazonbusinessCoronavirusCovid-19healthHollywoodLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment