आज बुधबार नेप्सेमा दोहोरो अंकको बृद्धि : १५ अर्ब ५९ करोड ५७ लाख बराबरको कारोबार

२० साउन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकको बृद्धि भएको छ । आज नेप्से १२.५ अंकले बढेर तीन हजार एक सय २३ दशमलब १५ विन्दुमा पुगेको छ । त्यस्तै, आज नेप्सेका कारोबार रकममा पनि बृद्धि भएको छ । आज १५ अर्ब ५९ करोड ५७ लाख बराबरको कारोबार भएको छ ।

त्यस्तै, आज कारोबार भएका कम्पनीमध्ये ११ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । जसमध्ये सात कम्पनीको शेयरमूलयमा १० प्रतिशतले बृद्धि भएको छ भने अन्य कम्पनीको ९ प्रतिशत भन्दा बढीले बृद्धि भएको छ ।

शेयरमूल्य बढ्ने कम्पनीहरुमा अपि पावर कम्पनी, खानि खोला हाइड्रोपावर कम्पनी, दिव्याश्री हाइड्रोपावर कम्पनी, कालिका पावर कम्पनी, अप्पर तामाकोशी, घलेम्दी हाइड्रो र युनियन लाइल इन्स्योरेन्स कम्पनी रहेका छन् । यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै, आज जीवन विकास लघुवित्त वित्तिय संस्था, नारायणी डेभलपमेन्ट बैंक, सान्जेन जलविद्युत कम्पनी र आँखुखोल जलविद्युत कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

त्यस्तै, आज ङादी ग्रुप पावर कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । जसको शेयरमूल्य करिब ६ प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर कम्पनीको भएको छ । यस कम्पनीको आज ७९ करोड भन्दा बढीको कारोबार भएको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNews
Comments (0)
Add Comment