काँग्रेस पदाधिकारी बैठक अपरान्ह ३ बजे बुढानीलकण्ठमा बस्दै

२० साउन, काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको पदाधिकारीसहित सदस्यता छानविन समितिको बैठक आज बस्दैछ । अपरान्ह ३ बजे सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बैठक तय भएको सभापति देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

काँग्रेस महाधिवेशन नजिकिदैगर्दा क्रियाशील सदस्यताबारेमा टुङ्गो लाग्न नसकेपछि महाधिवेशन सार्ने तयारी गरिरहेको काँग्रेसले आज पुनः छानविन समितिका सदस्यसहित बैठक बस्न लागेको हो । छानविन समितिले यसअघि नै विवादित विषय थातीराखेर सभापति देउवालाई प्रतिवेदन बुझाए पनि त्यस विषयमा पुनः छलफल गर्न लागिएको स्वकीय सचिव देउवाले बताउनुभयो ।

काँग्रेसले १४ औं महाधिवेशनको मिति आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने यसअघि नै तय गरेको थियो । पछिल्लो समय सरकारको नेतृत्व र कोभिड १९ को संक्रमणका कारण निर्धारित समयमा महाधिवेशन आयोजना गर्ने चुनौति  थपिएको छ । संस्थापन पक्षले महाधिवेशनको समय सार्ने तयारी गरेपनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने तोकिएकै मितिमा महाधिवेशन गर्नुपर्ने अडान राख्दैआएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment