नेप्से २६.२ अंकले बढ्यो ; ११ अर्ब ५२ करोड ९२ लाख बराबरको कारोबार

१९ साउन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबारको तेस्रो दिन आज मंगलबार उच्च अंकको बृद्धि भएको छ । आज नेप्से २६.२ अंकले बढेर तीन हजार एक सय ११ दशमलब ९ विन्दुमा पुगेको छ । त्यस्तै, आज ११ अर्ब ५२ करोड ९२ लाख बराबरको कारोबार भएको छ ।

त्यस्तै, आज कारोबार भएका कम्पनीमध्ये सात कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा पाँचथर पावर कम्पनी, रु रु जलविदुत परियोजना, जीवन विकास लघुवित्त वित्तीय संस्था, युनियन लाइफ इन्स्योरेन्स, घलेम्दी हाइड्रो लिमिटेड, लिवर्टी इनर्जी कम्पनी र स्वावलम्बन लघुवित्त वित्तिय संस्था रहेका छन् ।

त्यस्तै, आज युनिलिभर नेपालको शेयरमूल्यमा उच्च गिरावट आएको छ । जसको शेयरमूल्य करिब ४ प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर कम्पनीको भएको छ । यस कम्पनीको आज ४६ करोड भन्दा बढीको कारोबार भएको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarnepalNews
Comments (0)
Add Comment