तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

१९ साउन, काठमाडौं । साउन ५ गतेदेखि विक्रीमा आएको तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ खरिदका लागि आवेदन दिने साउन १९ गते अन्तिम दिन रहेको छ । मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीले छिटो अवधिभित्र मात्र आईपीओ विक्री गर्न लागेको हो । साउन १९ गतेसम्म माग बमोजिम आवेदन नपरेको खण्डमा भने भदौ २ गतेसम्मको ढिलो अवधिको मिति तय गरिएको थियो ।

कम्पनीले आयोजना प्रभावित तेह्रथुम जिल्लाका वासिन्दाहरुलाई आईपीओ विक्री खुला गरेको हो । सर्वसाधारणका लागि रू. १२ करोड बराबरको १२ लाख कित्ता आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट असार १० गते अनुमति पाएको कम्पनीले पहिलो चरणमा स्थानियमा शेयर जारी गरेको हो । आयोजना प्रभावित स्थानिमा कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको रू. ४ करोड बराबरको ४ लाख कित्ता शेयर जारी गरेको हो ।

विक्री प्रबन्धकसँगै माछापुच्छ्रे बैंकको हिले, धनकुटा शाखा कार्यालय, नेपाल बङ्गलादेश बैंकको सक्रान्ती, फेदाप, छथर, सिधुवा, साँगुरीगढी र राजारानी शाखा कार्यालय, ग्लोबल आइएमई बैंकको जिरि खिम्ती शाखा, म्याङ्लुङ, तेह्रथुम , जलविद्युत आयोजना स्थल मेन्छ्यायेमा गाउँपालिका , तेह्रथुम र शप्तकोशी डेभलपमेण्ट बैंकको बसन्तपुर शाखाबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।

हाल कम्पनीको संस्थापक तर्फबाट चुक्ताभएको पूँजी रू. २८ करोड रहेको छ । कम्पनीले संस्थापकतर्फ ७० प्रतिशत शेयर स्वामित्व रहेको छ । कम्पनीले स्थानियमा १० प्रतिशत र कर्मचारी समेत अन्य सर्वसाधारणमा २० प्रतिशत शेयर जारी गर्न लागेको हो ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarhealthnepalNews
Comments (0)
Add Comment