कोरोना अपडेट: ३ हजार १०६ जना संक्रमित थपिए, २३ जनाको मृत्यु

१६ साउन, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ३ हजार १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१३ हजार ५ सय १९ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा ३ हजार १ सय ६ जनाको पोजिटिभ रिपोर्ट आएको हो । ९ हजार २ सय ६३ नमुनाको पीसीआर परीक्षण गर्दा २ हजार २ सय ८० र ४ हजार २ सय ५६ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय २६ जनामा संक्रमण देखियो ।

यस्तै पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ५७ पुगेको छ । साथै १ हजार ९ सय १६ जना निको भएका छन् ।

स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार कुल ६ लाख ५४ हजार १ सय ७७ जना कोरोनामुक्त भइसकेका छन् । देशभर सक्रिय संक्रमितको संख्या भने ३१ हजार ३ सय ५५ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकए छ ।

पछिल्लो समय कोरोना संक्रमण फेरि तिब्र रुपमा फैलिन थालेको बताइएको छ । तेस्रो लहर छिट्टै आउनसक्ने भन्दै सावधानी अपनाउन अधिकारीहरुले सबैलाई आग्रह गरेका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment