पिसिआर रिपोर्टका आधारमा कैदीबन्दी भेट्न निर्देशन


१६ श्रावण, काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले पिसिआर परीक्षणको रिपोर्ट देखाएर कैदीबन्दी भेट्न पाउने वातावरण निर्माण गर्न निर्देशन दिनुभएको छ ।

गृह मन्त्रालय र सो मातहतका विभिन्न विभागको कार्य, योजना र कार्यान्वयनको प्रगती समिक्षा कार्यक्रम आज उहाँले कोरोना सङ्क्रमणसँगै रोकिएको कैदीबन्दी भेटघाटलाई स्वास्थ्य मापदण्ड र पिसिआर रिपोर्टको आधारमा भेट्ने वातावरण बनाउन निर्देशन दिनुभएको हो ।

गृहमन्त्री खाणले मन्त्रालयले सरकारको उपस्थिती प्रभावकारीरुपमा देखाउनुपर्ने भएकाले प्रविधिको उच्चतम प्रयोगमार्फत विभागलाई थप सक्रिय बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment