ललितानिवास जग्गा प्रकरणः मुद्दा अर्बौको, धरौटी लाखमा

१४ श्रावण, काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा मुछिएका व्यक्तिहरुलाई विशेष अदालतले धरौटीमा छाडेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको असफलता पुष्टि भएको छ ।

२० अर्ब रुपैयाँभन्दा बढी बिगो मूल्याकंन गरिएको सरकारी जग्गा अपचलनका आरोपी सबै ५ देखि १० लाख धरौटीम राखेर छुटेका छन् ।

पछिल्लो पटक पूर्वउपप्रधानमन्त्री विजय गच्छदार मुद्दा दर्ता भएको डेढवर्षपछि विशेष अदालतमा उपस्थित भएर १० लाख धरौटीमा छुटेका छन् । उनले अख्तियारमाथि नै क्षेत्राधिकार मिचेको आरोपसमेत लगाएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार मन्त्रिपरिषद्को निर्णय नपर्ने कानुनी व्यवस्था मिचिएको तर्कसहित गच्छदारले आफूमाथि झुटो आरोप लगाएको दाबी गरेका थिए ।

सरकारी जग्गा व्यक्तिको नाममा बनाई राज्यलाई हानीनोक्सानी पुर्याएको दाबीसहित अख्तियारले १ सय ७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको थियो ।

तीमध्ये अदालतमा बयान दिन पुगेका सबै धरौटीमा रिहा भएक छन् । अख्तियारले २०७६ माघ २२ मा मुद्दा दर्ता गरेको थियो ।

स्रोतले अख्तियारको मुद्दा नै गलत भएकाले आरोपितहरु धरौटीमा छुटेको दाबी गर्यो । नागरिक

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarLockdownnepaltechnology
Comments (0)
Add Comment