सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी स्थीर

११ श्रावण, काठमाण्डौं । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन प्रतितोला १०० रुपैयाँले बढेको हो ।

सुनको मूल्य सामान्य बढेपनि चाँदीको मूल्य भने सोमबार स्थीर बनेको महासंघले जनाएको छ ।

महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार १०० रुपैयाँ, तेजावी ९१ हजार ६०० रुपैयाँ र चाँदीको मूल्य तोलाका १ हजार २७० रुपैयाँ कायम गरिएको छ ।

आइतबार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँ, तेजावी ९१ हजार ५०० रुपैयाँ र चाँदी १ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार सुन तोलाको १०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेर कारोबार भएको थियो ।



मल्टिमिडिया ग्यालरी

businessCovid-19digital khabarGoldGold & SilverhealthLockdownnepalPolitictechnology
Comments (0)
Add Comment