नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिने

१० साउन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिने भएका छन् ।

प्रशिक्षक अलमुताइरीले सामाजिक संजाल फेसबुकबाट आफुले राजीनामा दिने बताएका छन् ।


अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङको कारण राजीनामा दिन लागेको बताएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत चैतमा कुवेतका प्रो लाइसेन्स प्राप्त प्रशिक्षक अलमुताइरीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।

एएफसी कोचिङ इन्स्ट्रक्टर समेत रहेका अब्दुल्लाहलाई एन्फाले एक वर्षको लागि मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

digital khabarPolitic
Comments (0)
Add Comment