शनाया कपुरकाे हट फाेटे सुट

१० श्रावण, एजेन्सी । अभिनेता अनिल कपुरकी भतिजी तथा सञ्जय कपुरकी छोरी शनाया कपुरले अहिलेसम्म बलिउडमा डेब्यु गरेकी छैनन् । फेसनका कारणले भने उनी हमेसा चर्चामा छाउने गर्छिन् ।

इन्स्टाग्राममा उनी निकै एक्टिभ र चर्चित छिन् । उनका तस्बिर सामाजिक सञ्जालमा आउने बित्तिकै भाइरल हुने गर्दछ । अहिले शनायाले केही नयाँ तस्बिर सामाजिक सञ्जालमार्फत बाहिर ल्याएकी छन् । जुन चर्चाको बिषय बनेको छ । तस्बिरमा उनले सेतो रंगको ट्रान्सपेरेन्ट पहिरन लगाएकी छन् । यो ड्रेसमा उनी हट एण्ड सेक्सी देखिएकी छन् ।

शनायाको यस लुक्सको अर्काे आकर्षक पाटो उनले टाउकोमा लगाएको ह्याट पनि हो । ठुलो साइजको ह्याट फोटो सुटमा उनले आकर्षक तबरले प्रस्तुत गरेकी छन् । जुन तारिफ योग्य छ । फ्यानले शनायाको यो लुक्स निकै मन पराएका छन् ।

शनाया करण जौहरको फिल्म प्रोडक्सन धर्माबाट बलिउड डेब्यु गर्ने चर्चा छ । आलिया भट्ट, बरुण धवनदेखि जाह्वी कपुर सम्मले यसै प्रोडक्सनबाट डेब्यु गरेका थिए । शनायाले गुन्जन सक्सेनाको बायोपिक फिल्म ‘कारगिल गर्ल’ मा सहायक निर्देशकको जिम्मेवारी समेत निर्वाह गरेकी थिइन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment