‘भर्जिन जवानी’ मा मोडल उप्रेतीको बोल्ड अवतार

१८,फागुन काठमाडौँ । उषा उप्रेतीको अभिनय रहेको डान्सिङ नम्बर ‘भर्जिन जवानी’ सार्वजनिक गरिएको छ । गीतमा मोडल उषा उप्रेतीलाई म्युजिक भिडियोमा अहिलेसम्मकै बोल्ड अवतारमा प्रस्तुत गरिएको छ ।


शुक्र तामाङको निर्माण रहेको म्युजिक भिडियोलाई सुरेश पाण्डेयले निर्देशन गरेका हुन् । गीतको भिडियोमा कोरियोग्राफी पनि स्वयम् निर्देशक पाण्डेकै रहेको छ । राजु कोइरालाको शब्द रहेको गीतमा दुर्गा दाहाल साउदको संगीत तथा स्वर छ ।


गीतमा लक्षु प्रकाश मल्लको एरेञ्ज र दीप श्रेष्ठको मास्टरिङ तथा मिक्सिङ छ । भिडियोमा सौरभ लामाको छायाङ्कन, सौखिन तिमल्सिनाको सम्पादन, कमल परियारको कोरियोग्राफी एसिस्ट छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment