अकामाईको सर्भरमा समस्या, विश्वभर दर्जनौ वेबसाइटहरु डाउन

०८ श्रावण, एजेन्सी । अकामाईको सर्भरमा समस्या । विश्वभर डिस्ने प्लस, सोनी लाइभ, अनलाइन गेम प्लेटफर्म प्ले स्टेशन नेटवर्क, जोमाटो, पेटीएमसहितका वेबसाइटहरु डाउन भएका छन् । यसका प्रयोगकर्ताहरूले बिहिवार राति धेरै समस्याहरूको सामना गर्नु परेको थियो।

केही साइटहरूमा पुग्न प्रयास गरिरहेका आगन्तुकहरूले डिएनएस त्रुटिहरू प्राप्त गरे । यसको अर्थ उनीहरूका अनुरोधहरू वेबसाइटहरूमा पुग्न सक्दैनन्।

यसका साथमा प्रभावित सेवाहरूमा एचएसबीसी बैंक, ब्रिटिश एयरवेज पनि सामेल भयो। त्यसैगरि अमेजन, फेडएक्स, एयरबिएण्डबी, क्लाउडफ्लेयर समेत डाउन भएका छन् ।

इन्टरनेट आउटेज निगरानी प्लेटफर्म डाउनडिटेक्टरले दर्जनौं अत्यन्त लोकप्रिय प्लेटफर्महरूमा आफ्ना प्रयोगकर्ताहरूबाट हजारौं समस्या रिपोर्ट गरेको छ ।

इन्टरनेट प्रदायक अकामाईले यसमा समस्या भएको पुष्टि गरेको छ।

आकामाईको सिस्टम डाउन भएसँगै त्यसमा आधारित विश्वभर धेरै वेबसाइटहरुमा समस्या आएको बताईएको छ।

आकामाईले ट्वीट गरेर समस्या समाधान गरीएको र “सेवा सामान्य कार्यहरु पुनः सुरु गर्न लागेको बताएको छ ।

विशेषगरि भारतमा निकै ठूलो संख्याले प्रयोग गर्ने पेटिएम डाउन भएसँगै अनलाइन भुक्तानीको कारोबार ठप्प भएको बताईएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment