आज पुष्पलाल स्मृति दिवस

०७ साउन, काठमाण्डौं । नेपालमा कन्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको स्मृति दिवस विभिन्न बामपन्थी दलहरुले कार्यक्रम गरी मनाउदैछन् ।

विंस. १९८१ सालमा रामेछापमा जन्मिएका श्रेष्ठको २०३५ साल आजकै दिन निधन भएको थियो ।

नेपालमा जनवादी क्रान्ति सम्पन्न गर्ने लक्ष्यका साथ कम्युनिष्ट पार्टी २००६ सालमा उहाले बनाए पनि हाल सम्म कुनै पनि पार्टीले त्यस्तो क्रान्ति पूरा गर्न सकेका छैनन् ।

उहाले कम्युनिष्ट घोषणा पत्रको नेपालीमा अनुवाद गर्नु भएको थियो । १८ वर्ष निर्वासीत जीवन विताएका पुष्पलाल राणा विरोधी आन्दोलनका शहीद गंगालाल श्रेष्ठका भाई हुनुहुन्छ । उहाकी जीवनसाथी सहाना प्रधानको पनि ३ वर्ष अघि निधन भएको थियो । आज उहाको स्मृतिमा विभिन्न कार्यक्रमहरु गरिदै छ ।

‘कमरेड म त जाने भएँ तर मेरो सन्देश नेपाली किसानसम्म पुर्‍याइदिनू। पुष्पलालले जीवनको अन्तिम क्षणमा भनेका थिए, जनता चेतनशील हुनैपर्छ, परिवर्तन अवश्यंभावी भएकाले रोकेर रोकिँदैन

गंगालाल पुष्पलालका जेठा दाजु थिए। गंगालाललाई शोभाभगवतीमै हत्या गरेकै दिन पुष्पलालले नेपालबाट पारिवारिक राणा र शाह शासनको अन्त्य गरी सच्चा जनवादी लोकतान्त्रिक न्यायपूर्ण गणतन्त्रवादी नेपाल निर्माण गर्ने प्रण गरेका थिए।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment