मुक्तिनाथ विकास बैंक लिमिटेडको ७ वर्षे अवधिको‘८.७५ % ऋणपत्र विक्री खुला

०७ साउन, काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको आजदेखि रू. १ अर्ब २५ करोड बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र विक्री खुला भएको छ । बैंकले ७ वर्षे अवधिको ‘८.७५ % मुक्तिनाथ डिबेञ्चर २०८४÷८५’ नामको ऋणपत्र कार्यालय अवधिपश्चात बिक्री खुला गर्न प्रतिकित्ता रू. १ हजार अंकित दरको कुल कित्ताऋणपत्रमध्य रू. ५० करोड बराबरको ५ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्नेछ भने बाँकी रू. ७५ करोड बराबरको ७ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जानकारी दिएको छ ।

सर्वसाधारणमा विक्री गरिने कुल कित्ता ऋणपत्रमध्य ५ प्रतिशत अर्थात २५ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुलाई छुट्याइएकोमा १ हजार ५०० कित्ता बाँडफाँट गरिएको बैंकको भनाई छ ।

यो ऋणपत्र खरिदका लागि छिटोमा साउन ११ गतेसम्ममा आवेदन दिनुपर्नेछ । उक्त अवधिसम्ममा माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि साउन २१ गतेसम्म ऋणपत्र विक्री गर्ने जानकारी बैंकले गराएको छ । ऋणपत्र खरिद गर्न चाहनेहरुले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

यो ऋणपत्रलाई केयर रेटिङ्ग नेपालले मध्यम कर्जा जोखिमको संकेत गर्ने ‘केयर एनपी त्रिपल बी आईएस’ रेटिङ्ग प्रदान गरेको छ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट पनि ऋणपत्र खरिदका लागि आवेदन दिन सकिने व्यवस्था छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepal
Comments (0)
Add Comment