प्रधानन्यायाधीश राणालाई सुरक्षा चुनौती, बढाइयो सुरक्षाकर्मी

०६ श्रावण, काठमाडौं । सत्ता परिवर्तनका वाहक बनेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको सुरक्षा थप गरिएको छ ।

संसद विघटनसँग सम्बन्धित मुद्दामा तत्कालीन सरकारको विपषमा फैसला आएपछि उहाँलाई दिँदै आएको सुरक्षामा थप गरिएको छ ।

राण्णलाई सुरक्षा चुनौती बढेको वर्तमान सरकारले उहाँको सुरक्षामा ध्यान दिँदै थप सुरक्षाकर्मी परिचालन गरेको छ ।

उहाँको नीजि निवासमा पनि सुरक्षाकर्मी बढाइएको छ भने सकारी निवासमा समेत सुरक्षाकर्मी बढाइएको एक प्रहरी अधिकृतले जानकारी दिए ।

‘अहिले उहाँको सुरक्षा चुनौती बढेकाले थप सुरक्षाकर्मी परिचालन गर्नु भन्ने गृह मन्त्रालयको आदेश आएपछि एक कम्पनी सुरक्षाकर्मी थप गरेको छौं’, ती सुरक्षा अधिकारीले भने ।

संसद पुनस्थापनापछि सार्वजनिक सडकमा उहाँको सवारी हुँदा सुरक्षाकर्मीको स्कटिङ पनि अधिपछिको भन्दा बढी देखिएको छ । समाचारपत्र



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment