प्रधानमन्त्रीद्वारा जसपाका अध्यक्ष ठाकुरलाई विश्वासकाे मत दिन आग्रह

०३ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरलाई पत्र लेख्नुभएको छ ।
प्रधानमन्त्री देउवाले जसपा अध्यक्ष ठाकुरसँग विश्वासको मत माग्दै पत्र लेख्नुभएको हो ।

‘आइतबार बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने कार्यक्रम रहेकाले उक्त प्रस्तावमा यहाँ र यहाँ सम्बद्ध माननीय सदस्यहरुको तर्फबाट समर्थन गर्न/गराइदिनु हुन हार्दिक अनुरोध गर्दछु ।’ प्रधानमन्त्री देउवाले अध्यक्ष ठाकुरलाई लेख्नुभएको पत्रमा उल्लेख छ ।

सर्वोच्च अदालतको फैसलापछि संविधानको धारा ७६ को उपधारा बमोजिम प्रधानमन्त्रीमा नियुक्त हुनुभएको देउवाले आइतबार विश्वासकाे मत लिँदै हुनुहुन्छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment