विश्वासको मत लिनुअघि कांग्रेस र माओवादीको संसदीय दलको बैठक बस्दै

०३ असार, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वाको मत लिनुअघि कांग्रेस र माओवादी केन्द्रको संसदीय दलको बैठक बस्न लागेको हो ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आइतबार बिहान ११ बजेका लागि माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले भने दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवनमा संसदीय दलको बैठक बोलाएको छ ।

प्रधानमन्त्री देउवाले दिउँसो चार बजे बस्ने पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठक विश्वासको मत लिँदै हुनुहुन्छ । देउवाले विश्वासको मत लिनेबारेको प्रस्ताव संसद सचिवालयमा दर्ता भइसकेको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिनुभयो ।

सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । संविधानको धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्रीले धारा ७६ (४) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment