एक हजार ३१० जनामा सङ्क्रमण पुष्टि, २१ जनाको मृत्यु

०२ श्रावण, काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार ३१० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको छ हजार ८५८ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, तीन हजार २०८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार १६४ जना कोरोना संक्रमित निको भएका छन भने सङ्क्रमणका कारण २१ जनाको मृत्यु भएको छ ।

योसँगै नौ हजार ५२७ जनाको मृत्यु भैसकेको छ । अहिलेसम्म ९४.७ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment