बालिका बधु अभिनेत्री सुरेखाको निधन

०९ श्रावण, मुम्बई(एजेन्सी) । भारतीय टेलिभिजनकी दिग्गज अभिनेत्री सुरेखा सिकरीको निधन भएको छ । उनलाई कार्डियक अरेष्ट भएको हो । उनी ७५ वर्षकी थिइन् ।

अभिनेत्रीका मेनेजरले उनको निधनको पुष्टि गरेका छन् । सुरेखा पछिल्लो समययता बिरामी थिइन् । उनलाई गत वर्ष पनि ब्रेन स्ट्रोक भएको थियो । यसपछि उनको स्वास्थ्य अवस्था बिग्रदै गएको थियो ।

नयाँदिल्लीमा जन्मिएकी सुरेखाले उत्तर प्रदेशको अल्मोडा र उत्तराखण्डको नैनीतालमा आफ्नो जीवन बिताइन् । अभिनेत्रीले अलीगढ मुस्लिम युनिवर्सिटीबाट आफ्नो पढाई पुरा गरिन् र नेशनल स्कुल अफ ड्रामामा अभिनय सिकिन् ।

उनले सन् १९७८ मा फिल्म ‘किस्सा कुर्सी का’बाट अभिनय करियर सुरुवात गरिन् । यसपछि उनले कैयौं फिल्म र टेलिफिल्ममा अभिनय गरिन् ।

सुरेखाले चर्चित सिरियल ‘बालिका वधु’मा ‘दादी’को भूमिका निभाएकी थिइन् । यो भूमिका यति चर्चित भयो कि उनलाई जोकोहीले ‘दादी सा’ नामले बोलाउन थाले । अहिले पनि उनलाई यही नामले बोलाउने गर्छन् ।

फिल्मको कुरा गर्दा उनले ‘तमास’, ‘हरी–भरी’, ‘जुबैदा’, ‘नजर’, ‘मामो’, ‘सरदारी बेगम’, ‘सरफरोश’, ‘बधाई हो’ मा अभिनय गरेकी छन् । उनले ‘तमास’, ‘मामो’ र ‘बधाई’का लागि नेशनल अवार्ड जितेकी छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment