रिद्धि सिद्धि सिमेन्टले पायो नेपाल गुणस्तरको ४३ ग्रेड

०१ साउन, काठमाडौं । रिद्धि सिद्धि सिमेन्टले नेपाल गुणस्तरको ४३ ग्रेडको गुणस्तर मापदण्ड पाएको छ । ४३ ग्रेड नेपालमै उत्पादन हुने सिमेन्टहरूको सबैभन्दा उत्कृष्ट ग्रेडमध्येको एक हो । गुणस्तरको यो नयाँ मापदण्ड प्राप्त गरेसँगै रिद्धि सिद्धि सिमेन्टले गुणस्तरमा ठूलो उपलब्धि हासिल भएको बताएको छ ।

कम्पनीले ४३ ग्रेडको गुणस्तर मापदण्ड प्राप्त गरेसँगै ग्राहकहरुको गुणस्तरप्रतिको विश्वासलाई अझ मजबुत बनाउने कम्पनीको विश्वास छ । निर्माण कार्य गर्नुअघि सम्पूर्ण ग्राहकलाई सिमेन्टको प्रयोगपूर्व वैज्ञानिक तवरले भौतिक परीक्षण गरी विश्वस्त बनाउने उद्देश्यसहित रिद्धि सिद्धि सिमेन्टले पहिलो पटक गत वर्ष ‘शिलान्यास रिद्धि सिद्धिसँग’ नामक विशेष योजना ल्याएको थियो, जसलाई नयाँ वर्ष २०७८ मा पनि निरन्तरता दिएको थियो ।

तर, कोभिड–१९ को महामारीले निम्त्याएको प्रतिकूल परिस्थितिका कारण उक्त योजना स्थगित गरिएको र केही हप्तायता परिस्थिति सामान्य भएपछि कम्पनीले उक्त योजना पुनः सुचारु भएको जानकारी दिएको छ ।

योजनाको लाभ उठाउन ग्राहकवर्गले कम्पनीको निःशुल्क टोल फ्री नम्बर १६६००११२४४४ (नेपाल टेलिकम)÷९८०१५७२११२ (एनसेल) मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ । साथै, कम्पनीको आधिकारिक फेसबुक पेजको विज्ञापन क्लिक गरी वा पत्रिकामा प्रकाशित विज्ञापनमा रहेको क्युआर कोड स्क्यान गरी रिद्धि सिद्धि सिमेन्टको वेबसाइटमा गई त्यहाँ रहेको फारम भर्नुपर्नेछ ।

अथवा, रिद्धि सिद्धि सिमेन्टको आधिकारिक बिक्रेतामा सम्पर्क राख्नुपर्नेछ । यो योजना प्रथम एक हजार उपभोक्तालाई मात्र लागू हुनेछ र यसका लागि न्यूनतम शिलान्यासको शुभ अवसरमा १०० बोरा खरिद गरिएको हुनुपर्नेछ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment