अनलाइन मार्फत गरिने मार्केटिङ्ग व्यवसायहरु नेपालभित्र अवैध

०१ श्रावण, काठमाडाै । वाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अनलाइन मार्फत गरिने मार्केटिङ्ग व्यवसायहरु नेपालभित्र अवैध भएको जनाएको छ ।

विभागले बिहिबार सूचना जारी गर्दै जोसियल सहित ७ वटा नेटवर्किङ कारोबारलाई गैरकानुनी भएको बताएको छ । विभागले सूचनामा हाईपर फण्ड ग्लोबल, जोसियल, सीआरयू, वीन्टर, क्राउड वान, सोलम्याक्स र पोइन्ट वीस लगायत स्वदेशी तथा विदेशी नेटवर्कहरुको नाम उल्लेख गर्दै यी सबैनेटवर्किङ नै भएकाले अवैध भएको जनाएको छ ।

बस्तुको प्रत्यक्ष बिक्रि (व्यवस्थापन तथा नियमन) गर्ने ऐन तथा नियमावली २०७६ मा पिरामिडमा आधारित सञ्जालयुक्त (नेटवर्किङ) व्यवसाय गर्न नपाईने व्यवस्था छ ।

तर, हाईपर फण्ड ग्लोबल, जोसियल, सीआरयू, वीन्टर, क्राउड वन, सोलम्याक्स र पोइन्ट वीसले बस्तुको प्रत्यक्ष बिक्रीको नाममा गैरकानुनीरुपले अनलाइन माध्यमको समेत प्रयोग गरी नेटवर्किङ शैलीको व्यवसाय गरी नेपाल र नेपाल बाहिर रहेका नेपालीहरुलाई आवद्ध गराएर ठगी गरिरहेको गुनासो आएको हुँदा गंभिर ध्यानाकर्षण भएको विभागले जनाएको छ।

नेटवर्किङ व्यवसाय गर्ने वा गराउनेलाई १० लाख रुपैयाँसम्म जरिवाना, ५ वर्षसम्म कैद सजाय वा दुबै सजाय हुन सक्ने कानुनी प्रावधान बारे समेत विभागले सचेत गराउँदै ठगिनबाट बच्न समेत सचेत गराएको छ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment