सङ्घीय संसद् बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिश

३१ असार, काठमाडौं । सरकारले आगामी साउन ३ गते सङ्घीय संसदको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिश गरेको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले साउन ३ गते अपराह्न ४ बजे बैठक बोलाउन सिफारिश गरेको हो । बैठकपछि सरकारका प्रवक्ता समेत रहनु भएका कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभाको बैठक आह्वान गर्ने सम्बन्धमा राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

सर्वोच्च अदालतले यही असार २८ गते गरेको फैसलाअनुसार सात दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउनुपर्ने उल्लेख छ । सर्वोच्चको परमादेशका आधारमा शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकार गठन भएसँगै संसद् बैठक बोलाउन लागिएको हो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment