तीव्र विरोधपछि आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

३१ असार, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बुधबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान एक/एक रुपैयाँका दरले मूल्य घटाएको हो ।

गत हप्ता मात्र निगमले पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल, मट्टितेलमा समान प्रतिलिटर २/२ रुपैयाँका दरले बढाएको थियो भने, खाना पकाउने एलपी ग्यासको मूल्य समेत अधिकतम प्रतिसिलिन्डर २५ रुपैयाँले वृद्धि गरेको थियो । सोही मूल्य वृद्धिको विरुद्धमा ५ विद्यार्थी सङ्गठनले विरोधसहित निगममा ज्ञापन पत्र बुझाएसँगै निगमले मूल्य घटाएको हो ।

उक्त विद्यार्थीहरूको मागलाई मध्य नजर गर्दै निगमको बुधबार बसेको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

मूल्य घटेसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १२८ रुपैयाँ, डिजेल र मट्टितेलको समान १११ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment