अवरोध र बहिष्कारका बीच बजेट पारित

३० असार, गण्डकी । गण्डकी प्रदेशको बजेट प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोध र बहिष्कारका बीच पारित भएको छ ।

एमालेले प्रदेशसभाको बैठक लगातार अवरोध गरेपछि मार्सल लगाएर आज बजेट पारित गरिएको हो । बैठक शुरु हुनासाथ नेकपा एमालेका प्रदेशसभा सदस्यले बेल घेराउ गरेपछि मार्सल लगाइएको थियो । केही समय मर्यादापालक र प्रतिपक्षका सदस्यबीच धकेलाधकेल भएको थियो । विरोधका बाबजुद पनि वैठक अघि बढेपछि एमालेका सदस्यले प्रदेशसभा बहिष्कार गर्नुभएको थियो ।

प्रतिपक्षको बहिष्कारका बीच अर्थमन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विनियोजन विधेयकलगायत विधेयक पारित गर्न राख्नुभएको प्रस्ताव बहुमतले पारित भएको हो । आफ्नो सरकारको पालामा ल्याएका विभिन्न योजनाको बजेट कटौती लगायतका विषयमा नेकपा एमाले असहमति जनाउँदै आएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment