दुई हजार १० जनामा सङ्क्रमण पुष्टि, १८ जनाको मृत्यु

 ३० असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप दुई हजार १० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको आठ हजार १०८ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, चार हजार ९१६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८९५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण १८ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ४३० जनाको मृत्यु भैसकेको छ । 

पछिल्लो २४ घण्टामा एक हजार चार जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ९४.५० प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment