नेपाल प्रहरीको जवान पदमा ७ हजार ३२४ जना उत्तीर्ण (सूचीसहित)

२९ असार, काठमाडौं । नेपाल प्रहरीको जवान पदका लागि लिखित परीक्षा दिएकारमध्ये ७ हजार ३ सय २४ जना उत्तीर्ण भएका छन्। २०७७ असोज ३० गते लोकसेवा आयोगले लिएको परीक्षाको नतिजा सार्वजनिक गरिएको हो।

लोकसेवा आयोग, सुरक्षा निकाय तथा संगठित संस्था महाशाखाको लिखित परीक्षा नतिजा प्रकाशन शाखाद्वारा जारी सूचनामा उत्तीर्ण उम्मेदवारका लागि आगामी साउन ७ गते अन्तरवार्ता सुरु गरिने उल्लेख गरिएको छ।

त्यसका लागि प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, राजविराज सप्तरी, दुधौली, पोखरा, बुटवल, नेपालगन्ज, दिपायल र महानगरीय प्रहरी शिक्षालय, महाराजगन्जमा परीक्षा केन्द्र तोकिएको छ।

सूचीसहित:



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment