मेस्सी र नेयमार संयुक्त सर्वोत्कृष्ट खेलाडी, गोल्डेन बुट मेस्सीलाई

२७ असार, एजेन्सी । अर्जेन्टिनी कप्तान लियोनल मेस्सी र ब्राजिली स्टार नेयमार संयुक्त रुपमा कोपा अमेरिका कपको सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।

दक्षिण अमेरिकी फुटबल फेडेरेसनको प्राविधिक टोलीको अध्ययन पछि मेस्सी र नेयमारलाई संयुक्त रुपमा कोपाको सर्वोत्कृष्ट खेलाडी घोषणा गरिएको हो । कोपाको इतिहासमा पहिलोपटक दुई खेलाडीले सर्वोत्कृष्ट खेलाडीको अवार्ड बाडिँएको हो ।

दुई मध्ये एक खेलाडीलाई मात्रै छान्न असहज भएकाले दुवै खेलाडीलाई कोपाको सर्वोत्कृष्ट खेलाडी घोषणा गरिएको कन्मेवलले जनाएको छ । यस सिजनमा मेस्सी र नेयमार दुवैले उत्कृष्ट प्रर्दशन गरेका थिए ।

मेस्सीले सर्वोत्कृष्ट खेलाडीसँगै प्रतियोगिताको सर्वाधिक गोलकर्ताको उपाधि पनि जिते । मेस्सीले कोपाको ७ खेलमा ४ गोल र ५ असिस्ट दिएका छन् । यता नेयमारले ६ खेलमा २ गोल गर्नुका साथै ३ असिस्ट दिएका थिए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment