भारतमा ४२ हजार सङ्क्रमित थपिए, एक हजार २०६ को मृत्यु

२६ असार, एजेन्सी ।  भारतमा गएको चौबीस घण्टामा कोरोनाका ४२ हजार ७६६ सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाभाइरसका कुल सङ्क्रमित तीन करोड सात लाख ९५ हजार ७१६ पुगेको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतमा हाल चार लाख ५५ हजार ३३ जना सक्रिय सङ्क्रमित छन् । गएको चौबीस घण्टामा तीन हजार ६९४ जना सक्रिय सङ्क्रमित घटेका छन् ।

गएको चौबीस घण्टामा ४५ हजार २५४ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई करोड ९९ लाख ३३ हजार ५३८ जना निको भएका छन् । सोही अबधिमा एक हजार २०६ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

हालसम्म कोरोनाभाइरसबाट भारतमा चार लाख सात हजार १४५ सङ्क्रमितले ज्यान गुमाएका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment