प्रधानमन्त्री ओली बाढी प्रभावित क्षेत्र निरीक्षण गर्न मेलम्ची र हेलम्बु जाने

२५ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु बाढी प्रभावित क्षेत्रको निरीक्षणमा निस्कनुहुने भएको छ ।

शनिबार बिहान साढे १० बजे हेलिकप्टरबाट प्रधानमन्त्री सिन्धुपाल्चोक जाने कार्यक्रम छ । प्रधानमन्त्रीले क्षतिग्रस्त मेलम्ची आयोजना, हेलम्बु पहिरो प्रभावित क्षेत्र लगायतका विभिन्न स्थानको हवाइ निरीक्षण गर्नुहुनेछ ।

प्रधानमन्त्रीले पीडितसहित जनप्रतिनिधि र स्थानीय प्रशासनका प्रतिनिधिसँग अन्तर्क्रिया गर्ने कार्यक्रम छ ।

असार १ गते आएको बाढी र पहिरोमा परेर सिन्धुपाल्चोकमा कम्तिमा २४ जनाको मृत्यु भएको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment