मुलुकभर संक्रमितको संख्या फेरि बढ्न थाल्यो, पछिल्लो २४ घण्टामा २९७९ जनामा कोरोना पुष्टि, एक हजार ३३३ जना सङ्क्रमणमुक्त

२३ असार, काठमाडौं । मुलुकभर लकडाउन खुकुलो पारिएसँगै दैनिक कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभर २ हजार ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार ११ हजार ८ सय ९८ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ९७९ जनामा कोरोना पुष्टि भएको हो ।

७ हजार ८ सय ३५ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ७७ जनामा कोरोना पुष्टि भएको छ, भने ४ हजार ६३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय २ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १३ सय ३३ जना संक्रमितहरु कोरोनामुक्त भएका छन्, भने कोरोना संक्रमणका कारण थप २८ जनाको मृत्यु भएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment