विदेशमा चिकित्सा शिक्षा पढेका विद्यार्थीले नेपालमै इन्टर्नसीप गर्न पाउने

२३ असार, काठमाडौं । विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेर कोरोना महामारीका कारण इन्टर्नसीप रोकिएका विद्यार्थीहरुले नेपालमै इन्टर्नसीप गर्न पाउने भएका छन् । चिकित्सा शिक्षा आयोगले त्यस्ता विद्यार्थीहरुबाट आवेदन समेत माग गरेको छ ।

विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेर कोभिड–१९ का कारण इन्टर्नसीप गर्न नपाएका विद्यार्थीलाई आयोगले थप इन्टर्नसीप नेपालमै गर्ने प्रयोजनका लागि आवेदन माग गरेको हो ।

विदेशमा पढेर महामारीका कारण नेपाल आएका विद्यार्थीले नेपालमै इन्टर्नसीप गर्नुपर्ने माग राखेर आयोगमा निवेदन दिएका थिए । सोही अनुरुप आयोगले २०२० को अप्रिल महिनाको अन्त्यसम्ममा अन्तिम परीक्षा उत्तीर्ण गरेर नेपालमा नै बाँकी अवधि पूरा गर्ने व्यवस्था मिलाउन आवेदन माग गरेको हो ।

यसका लागि असार २४ देखि साउन ५ गतेसम्म १५ हजार रुपैयाँ शुल्क तिरेर आवेदन अनलाइनमार्फत भर्नुपर्नेछ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment