माछापुच्छ्रे बैंक लिमिटेडले असार ३१ गतेदेखि ८ दशमलव ५ प्रतिशत ब्याजदरको ऋणपत्र विक्री गर्ने

२३ असार, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले असार ३१ गतेदेखि ८ दशमलव ५ प्रतिशत ब्याजदरको ऋणपत्र विक्री गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको “८.५% माछापुच्छ्रे डिबेन्चर २०८७” नामको रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र विक्री गर्न लागेको हो ।

कुल कित्तामध्य रू. १ अर्ब ८० करोड बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संघसंस्थाहरुलाई विक्री गर्नेछ भने १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता सर्वसाधारणमा विक्री गर्नेछ । सर्वसाधारणका लागि छुट्याएको मध्यबाट पनि ५ प्रतिशत दरको ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ११ लाख ४० हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो ।

प्रतिऋणपत्र रू. १ हजार मूल्यको यो ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्म माग गर्न सकिनेछ । यो ऋणपत्र छिटोमा साउन ४ गतेसम्म र उक्त अवधिसम्म माग बमोजिम आवेदन नपरेमा ढिलोमा साउन १७ गतेसम्म विक्रीमा रहनेछ ।

बैंकको यस ऋणपत्रलाई इक्रा नेपालले न्यून जोखिम कर्जाको संकेत गर्ने “इक्राएनपी इस्युअर रेटिङ्ग सिङ्गल ए माइनसे” रेटिङ्ग प्रदान गरेको छ । यो ऋणपत्र विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय मार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिनेछ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment