युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ असार २४ गतेबाट विक्री खुला गर्ने

२३ असार, काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि असार २४ गते बिहीवारदेखि आईपीओ विक्री खुला गर्ने भएको छ । कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ विक्री विक्री गर्न लागेको हो ।

आईपीओ निष्कासनका लागि गत जेठ ९ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको कम्पनीले एक महिनामै असार १३ गते अनुमति पाएको हो । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल कित्तामध्य ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ५८ लाख ५ हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो ।

कम्पनीले सर्वसाधारणमा जारी पूँजीको ३० प्रतिशत शेयर विक्री गर्न लागेको हो । हाल कम्पनीको संस्थापक तर्फ चुक्ताभएको ७० प्रतिशत शेयरपूँजी १ अर्ब ५० करोड ५० लाख रुपैयाँ रहेको छ । जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने २ अर्ब रुपैयाँ चुक्तापूँजी कायम गर्न आईपीओ विक्री गर्न लागेको हो ।

यो आईपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । छिटोमा असार २८ र ढिलोमा साउन ७ गतेसम्म आवेदन दिन सकिने यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

नयाँ जीवन बीमा कम्पनीको रुपमा कम्पनीले २०७४ साल असार ६ गतेदेखि औपचारिक रुपमा कारोबार सुरु गरेको हो । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम ७३ करोड ७ लाख १४ हजार रुपैयाँ रहेको छ भने जीवन बीमा कोषमा ६ अर्ब ९० करोड २ लाख १० हजार रुपैयाँ रहेको छ ।

यस अवधिसम्म कम्पनीले ८ करोड २५ लाख ९ हजार रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीले तेस्रो त्रैमाससम्म ५ अर्ब २४ करोड १६ लाख २३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । हाल ७० प्रतिशत संस्थापक तर्फको शेयर स्वामित्व रहेको कम्पनीले सर्वसाधारणमा ३० प्रतिशत शेयर विक्री गर्न लागेको हो ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment