कोपा अमेरिका फुटबलको सेमिफाइनलमा भोलि बिहान ब्राजिलले पेरुसँग प्रतिस्पर्धा गर्दै

२१ असार, एजेन्सी  । कोपा अमेरिका फुटबलको पहिलो सेमिफाइनलमा भोलि (मंगलबार) बिहान ब्राजिलले पेरुसँग प्रतिस्पर्धा गर्दैछ ।

आयोजक ब्राजिलले निल्टन सान्तोस स्टेडियममा पेरुसँग खेल्नेछ । ब्राजिल र पेरुबीचको खेल बिहान ४:४५ बजे सुरु हुनेछ ।

ब्राजिलले अघिल्लो संस्करणमा पेरुलाई ३-१ ले हराएर उपाधि जितेको थियो । ब्राजिल उक्त जितलाई निरन्तरता दिन चाहन्छ ।

यसै संस्करणको समूह चरणमा समेत ब्राजिलले पेरुलाई हराएको थियो । ब्राजिलले पेरुलाई ४-० ले हराएको थियो ।

समूह ‘बी’ मा ब्राजिल समूह विजेता बनेको थियो भने पेरु उपविजेता बनेको थियो । ब्राजिलले १० र पेरुले ७ अंक जोडेर क्वाटरफाइनलमा स्थान बनाएका थिए ।

क्वाटरफाइनलमा ब्राजिलले चिलीलाई १-० ले हराएको थियो । पेरुले भने पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराएको थियो ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment