कोपा अमेरिका : अर्जेन्टिनाले इक्वेडरलाई ३-० ले हराउँदै सेमिफाइनलमा स्थान पक्का

२१ असार, एजेन्सी । कोपा अमेरिका २०२१ अन्तर्गत क्वाटरफाइनल चरणको खेल सकिएसँगै अब सेमिफाइनल, तेस्रो स्थान र फाइनल खेल मात्र बाँकी छ । प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्दै अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीले गोल र असिस्ट दुवैमा अग्रस्थानमा आफूलाई राखेका छन् ।

शनिबार भएको क्वाटरफाइनलमा मेस्सीले फ्रिकिकमा गोल र दुई असिस्ट दिएपछि अर्जेन्टिनाले इक्वेडरलाई ३-० ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको थियो । यससँगै मेस्सीले प्रतियोगितामा गोल संख्या ४ पुर्याए । मेस्सीले फ्रिकिकमा मात्र दुई गोल गरेका छन् । उनले यसअघि चिलीविरुद्ध फ्रिकिकमा गोल गरेका थिए । उनले बोलिभियाविरुद्ध समूह चरणमा दुई गोल गरेका थिए ।

सर्वाधिक गोल गर्ने सुचिमा ८ खेलाडीले २-२ गोल गरेका छन् । त्यसमध्य अर्जेन्टिनाकै पापु गोमेज र लाउटारो मार्टिनेज, ब्राजिलका नेयमार तथा पेरुका आन्द्रे कारिल्लो र जियान्लुका लापाडुला अझै प्रतियोगितामा २-२ खेल खेल्नेछन् । यसबाहेक बोलिभियाको एर्विन साभिद्रा, चिलीका एडुआर्डो भारगास, इक्वेडरका एर्तन प्रेसियादो, पाराग्वेका एन्जल रोमेरो र उरुग्वेका एडिन्सन काभानीले २-२ गोल गरे ।

यस्तै असिस्टतर्फ पनि मेस्सी नै शीर्षस्थानमा छन् । उनले प्रतियोगितामा ४ असिस्ट दिइसकेका छन् । इक्वेडरविरुद्ध दुई असिस्ट दिएका उनले समूह चरणमा बोलिभिया र उरुग्वेविरुद्ध पनि १-१ असिस्ट दिएका थिए । गोलको सुचिमा जस्तै असिस्टमा पनि उनलाई ब्राजिलका नेयमारले पछ्याएका छन् । उनको नाममा २ असिस्ट छ ।

कोपा अमेरिकाको सेमिफाइनलमा अब अर्जेन्टिनाले कोलोम्बियासँग खेल्नेछ । साविक विजेता ब्राजिलले फाइनल प्रवेशका लागि पेरुको सामना गर्नेछ । विजेता दुई टोलीले फाइनल खेल्दा पराजित हुने टोलीले भने तेस्रो स्थानका लागि खेल्नेछन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment