डोटीमा थपियो निषेधाज्ञा


२० असार, डोटी ।
कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि वैशाखदेखि शुरु गरिएको निषेधाज्ञाको अवधि यही असार ३१ गतेसम्म थपिएकोे छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले निषेधाज्ञाको अवधि थप्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताउनुभयो । उहाँले भन्नुभयो, “कोभिड–१९ को सङ्क्रमण घटेको भए पनि नियन्त्रण हुन नसकेकाले निषेधाज्ञा पहिलेभन्दा केही खुकुलो गरी असार ३१ गतेसम्म थपिएको छ ।”

थपिएको निषेधाज्ञाको अवधिमा फलफूल तथा खाद्य सामग्रीका पसल, किराना, निर्माण सामग्रीका पसल बिहान ७ बजेदेखि ११ बजेसम्म खोल्न पाइने भएको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ ।

यसैगरी सार्वजनिक सवारी साधनहरू पनि जोरबिजोर प्रणालीका आधारमा जिल्ला भरीमा सञ्चालन गर्न सकिने अनुमतीसमेत दिइएको छ । उता बैंक तथा वित्तीय संस्थाका हकमा प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न सकिने जनाइएको छ । विकास निर्माणका काम र विकास निर्माणमा प्रयोग भएका यातायातका साधन स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न पाउने भएका छन् ।

निषेधाज्ञाको अवधिमा होटेल, रेष्टुरेन्ट, सैलुन, व्युटीपार्लर, जीम हल र सार्वजनिक यातायात सञ्चालन गर्न नपाइने निर्णय भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिले जनाएको छ ।

भिडभाड हुने कुनै पनि किसिमका कार्यक्रम, मिटिङ, गोष्ठी, सेमिनार, खेलकूद गतिविधिलगायत कार्यक्रम गर्न नपाइने उक्त सूचनामा उल्लेख गरिएको छ । जिल्लामा कोरोनाका सक्रिए सङ्मितको सङ्ख्या एक हजार ३०० पुगेको छ । कोरोनाकै कारण जिल्लामा ११ जनाले अस्पतालमै उपचारका क्रममा ज्यान गुमाइ सकेका छन् ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment