ज्योति विकास बैंक लिमिटेडको आज असार २० गते आइतवारबाट ऋणपत्र विक्री खुला

२० असार, काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले असार २० गते आइतवारदेखि ऋणपत्र विक्री खुला हुदैंछ । बैंकले वार्षिक ९ प्रतिशत ब्याजदरमा १० वर्षे अवधिको “ज्योति विकास बैंक बण्ड २०८७” नामको १५ लाख कित्ता ऋणपत्र कार्यालय समय सुरुभएसँगै विक्री खुला गर्न लागेको हो ।

प्रतिऋणपत्र रू. १ हजार अंकित दरको कुल कित्ता ऋणपत्रमध्य ९ लाख कित्ता ऋणपत्र बैंकले व्यक्तिगत तवरबाट विक्री गर्नेछ भने बाँकी ६ लाख कित्तामा ५ प्रतिशत सामुहिक लगानीकोषको लागि सुरक्षित गरी ५ लाख ७० हजार कित्ता सार्वजनिक निष्कासनमार्फत विक्री गर्नेछ । छिटोमा असार २३ गते र ढिलोमा साउन ३ गतेसम्म विक्रीमा रहने विक्रीमा रहने यो ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

यो ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । यो ऋणपत्र विक्रीका लागि कम्पनीले जेठ २७ गते स्वीकृति पाएको थियो । बैंकको ऋणपत्रलाई इक्रा नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्ने इक्राएनपी इस्युअर रेटिङ डबल बि प्लस प्रदान गरेको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment