चेक रिपब्लिकलाई पराजित गर्दै डेनमार्क २९ वर्षपछि युरोकपको सेमिफाइनलमा

२० असार, एजेन्सी । युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत तेसो क्वाटरफाइनलमा चेक रिपब्लिकलाई पराजित गर्दै डेनमार्कले सेमिफाइनलमा स्थान पक्का गरेको छ । पहिलो हाफकै २ गोलको मदतले डेनमार्क २-१ को जित दर्ता गर्न सफल रहयो ।

चेक गणतन्त्रलाई २–१ ले हराउँदै डेनमार्कले युरोकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको हो । अजरवैजानको बाकुस्थित रंगशालामा भएको खेलमा थोमस डिलानेले पाँचौ मिनेटमै डेनमार्कलाई अग्रता दिलाएका थिए । ४२ मिनेटमा कास्पर डोलवर्गले डेनमार्कको अग्रता दोब्बर पारे ।

दोस्रो हाफमा चेक गणतन्त्रले गोल फर्कायो । उसका लागि ४९ मिनेटमा प्याट्रिक सिकले गोल गरे । जारी प्रतियोगितामा यस गोलसँगै सिक सर्वाधिक गोलकर्ताको सूचीमा क्रिष्ट्रियानो रोनाल्डोसँगै पहिलो स्थानमा उक्लिए । दुबैले प्रतियोगितामा ५–५ गोल गरेका छन् ।

तर, सिकले टोलीलाई सेमिफाइनल लग्न भने सकेनन् । बराबरी गोलका लागि अन्त्यसम्म प्रयास गरेपनि चेक गणतन्त्र सफल हुन सकेन । डेनमार्कले सेमिफाइनल खेलमा इङल्यान्ड र युक्रेनबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment