युरोकप अपडेट : अन्तिम १६ का प्रतिस्पर्धी राष्ट्रहरु

११ असार, एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलको समूह चरणको खेलहरु सकिएको छ ।

समूह चरणको खेल सकिएसँगै प्रतियोगिताको नकआउट चरणमा पुग्ने टोलीको समेत टुंगो लागेको छ ।

नकआउट चरणमा १६ टिमले स्थान बनाएका छन् । ६ समूहको शीर्ष दुई र समूहको तेस्रो स्थानमा प्राप्त गर्ने मध्येको उत्कृष्ट चार टिमले अन्तिम १६ को यात्रा तय गरेका हुन् ।

यस पटक साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, इटाली, जर्मनी, वेल्स, डेनमार्क,अष्ट्रिया, नेदरल्यान्ड्स, चेक रिपब्लिक, बेल्जियम, क्रोएसिया, स्पेन, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड, युक्रेन र स्विडेनले नकआउट चरणमा स्थान बनाएका छन् ।

नकआउट चरणको खेलहरु शनिबारबाट सुरु हुनेछ । पहिलो खेलमा शनिवार राति पौने १० बजे वेल्स तथा डेनमार्क विच प्रतिस्पर्धा हुने छ ।

अन्तिम १६ का प्रतिद्वन्दीहरु

वेल्स विरुद्ध डेनमार्क

इटाली विरुद्ध अष्ट्रिया

नेदरल्यान्ड्स विरुद्ध चेक रिपब्लिक

बेल्जियम विरुद्ध पोर्चुगल

क्रोएसिया विरुद्ध स्पेन

फ्रान्स विरुद्ध स्विट्जरल्यान्ड

इंग्ल्यान्ड विरुद्ध जर्मनी

स्विडेन विरुद्ध युक्रेन



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment