हुन्डाई प्यालिसेड नेपाल भित्रियो

११ असार, काठमाडौं । हुन्डाई गाडीको नेपाल को लागि आधिकारीक विके्ता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले नयाँ एसयूभी प्यालिसेड नेपाल भित्राएको छ । प्यालिसेड ७ सीटर प्रिमियम एसयूभी हो। कम्पनी स्रोतअनुसार यो कार छिट्टै नि आधिकारीक रूपमा सार्वजनिक हुनेछ। यो कार कोरियामा उत्पादन भएर नेपाल आएको हो ।

नेपाली बजारमा प्यालिसेड २-२ लिटरको डिजल इन्जिनअप्सनमा आउने सम्भावना रहेको छ जसले २०० पीएस पावर तथा १७५०-२७५० आरपिम टर्क उत्पादन गर्नेछ। यो एसयूभी ८ स्पीड अटोमेटिक ट्रान्समीसनमा उपलब्ध रहेको छ । नेपाली बजारमा यो एसयूभीको शुरूवाती मूल्य २ करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ।

नेपाली बजारमा यो एसयूभीको प्रतिस्पर्धा टोयाटाको फर्चुनर,मित्सुबिशी पजेरो र फोर्डको इन्डेभरसँग हुनेछ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment