युरोकप समूह ‘डी’को उपविजेता बन्दै क्रोएसिया अन्तिम १६ मा

०९ असार, एजेन्सी । युरोकप समूह ‘डी’को उपविजेता बन्दै क्रोएसिया अन्तिम १६ मा प्रवेश गरेको छ ।

समूह चरणको अन्तिम खेलमा मंगलबार राति स्कटल्याण्डमाथि ३-१ गोलको जित निकाल्दै क्रोएसिया समूह उपविजेता बनेको हो ।


क्रोएसियालाई जित दिलाउन निकोला भ्लासिच, लुका मोड्रिच र इभान पेरिसिचले एक एक गोल गरे ।

स्कटल्याण्डका कलुम म्याकग्रिगोरले एक गोल फर्काए ।

ह्याम्पडेन पार्कमा पेरिसिचको पासमा निकोलाले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए ।

खेलको ४२ औं मिनेटमा कलुमले गोल गर्दै स्कटल्याण्डलाई १-१ गोलको बराबरीमा फर्काए । युरोमा स्कटल्याण्डको यो पहिलो गोल हो ।

खेलको ६२ औं मिनेटमा कप्तान मोड्रिचले गोल गर्दै क्रोएसिया २-१ को अग्रता दिलाए । माटियो कोभासिचको पासमा उनले बक्स बाहिरबाट उत्कृष्ट गोल गरे ।

यस जितसँगै समूह ‘डी’ को क्रोएसियाले ३ खेलमा ४ अंक जोड्यो । र, समूह उपविजेता बन्यो ।

स्कटल्याण्ड भने प्रतियोगिताबाट बाहिरिएको छ । स्कटल्याण्ड १ अंक जोडेर समूहको पुछारमा रहेको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment