इंग्ल्यान्ड समूह विजेता बन्दै युरोकप फुटबलको नकआउट चरणमा

०९ असार, एजेन्सी । इंग्ल्यान्ड समूह विजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

मंगलबार राति समूह चरणको अन्तिम खेलमा चेक रिपब्लिकलाई १-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड समूह विजेता बानीको हो ।


वेम्बली स्टेडियममा इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङले निर्णायक गोल गरे ।

खेलको १२ औं मिनेटमा स्ट्रर्लिङले गोल गरेका हुन् । ज्याक ग्रेलिसको पासमा उनले गोल गरेका हुन् ।

यस जितसँगै समूह ‘डी’ को इंग्ल्यान्डले अपराजित रहदै अन्तिम १६ मा स्थान बनाएको छ । शीर्ष स्थानमा रहेको इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोड्यो ।

इंग्ल्यान्डले समूह चरणमा कुनैपनि गोल व्यहोर्नु परेको छैन ।

समूह चरणको पहिलो खेलमा क्रोएसियालाई १-० गोल अन्तरले गरेको इंग्ल्यान्ड दोस्रो खेलमा स्कटल्याण्डसँग गोल रहित बराबरीमा रोकिएको थियो ।

चेक रिपब्लिकले ३ खेलमा ४ अंक जोड्यो । चेक रिपब्लिक समूहको तेस्रो स्थानमा रह्यो ।

चेक रिपब्लिक पनि नकआउट चरणमा प्रवेश गरेको छ । उत्कृष्ट तेस्रो हुँदै चेक रिपब्लिक अन्तिम १६ मा पुगेको हो ।

समूह चरणको पहिलो खेलमा स्कटल्याण्डलाई २-० ले हराएको चेक रिपब्लिक दोस्रो खेलमा क्रोएसियासँग १-१ गोलको बराबरीमा रोकिएको थियो ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment