नेप्समा आज मंगलबार उच्च अंकको बृद्धि : नेप्से ७९.४३ अंकले बढेर दुई हजार ९ सय १३ दशमलब ८४ विन्दुमा

०८ असार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज मंगलबार उच्च अंकको बृद्धि आएको छ । केहि दिनदेखि निरन्तर गिरावट आएको शेयर बजारमा आज भने हरियाली छाएको हो ।

आज नेप्से ७९.४३ अंकले बढेर दुई हजार ९ सय १३ दशमलब ८४ विन्दुमा पुगेको छ । त्यस्तै, आज १० अर्ब २८ करोड ६२ लाख बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज पोजेटिक सर्किट लाग्ने कम्पनीहरुमा जानकी फाइनान्स, बरुण हाइड्रोपावर कम्पनी, हाइड्रो इलेक्ट्रोसीटी एण्ड इनभेष्टमेन्ट कम्पनी, ङादी ग्रुप पावर कम्पनी र पञ्चकन्यामाइ हाइड्रोपावर कम्पनी रहेका छन् ।

कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल रि–इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको एक अर्ब ४९ करोड ३२ लाख ५३ हजार ७१२ बराबरको शेयर कारोबार भएको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment