विकास ऋणपत्र मार्फत ९ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

१३ जेठ, काठमाडाैं । सरकारलाई आवश्यक आन्तरिक ऋण व्यवस्थापन गर्न सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ९ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ ।

ऋण व्यवस्थापन कार्यालयले ९ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८७ ‘च’ जारी गरेर आन्तरिक ऋण उठाउन लागेको हो । सो ऋणपत्रको बोलकबोल भने जेठ १३ गते आइतबार हुदैछ । विकास ऋणपत्रको अवधि ६ वर्षको हुनेछ । जेठ १४ गते जारी मिति तोकिएको ऋणपत्रको परिपक्व २०८७ जेठ १४ गते हुनेछ ।

ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर बैंक तथा फाइनान्स कम्पनीबाट कर्जा लिन र दिनसमेत पाइन्छ । अर्धवार्षिक रूपमा ब्याज भुक्तानी हुने र आर्जित ब्याजमा आयकर लाग्ने उक्त ऋणपत्र खरिदका लागि इच्छुक खरिदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धीमा सहभागी हुन पाउने कार्यालयले जनाएको छ ।

प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालार्ई निष्कासित रकमको ७ अर्ब ६५ करोड (८५ प्रतिशत) र १ अर्ब ३५ करोड (१५ प्रतिशत) छुट्याइएको छ । ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्जमार्फत हुनेछ ।

ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । घटीमा ५ लाख र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५ लाखले भाग गर्दा निःशेष भाग जाने अंकमा बोलकबोल गर्न सक्नेछन् ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment