“विन मागे मोति मिले, मागे मिले ना भिख” – कथा ४/५

विन मागे मोति मिले, मागे मिले ना भिख ॥
शीर्षकमा पाँच (५) वटा कथा छन्

०८ असार, काठमाडौं । 

कथा ४.
विन मागे मोति मिले, मागे मिले ना भिख ॥

आफ्नो कमाईले गुँतेको भोटो अर्काले दानमा दिएको सुनौलो तासको ओभरकोटको तुलनामा कत्तिगुना महँगो हुन्छ । तर यसलाई मान्नेवाला कोही पनि छैन । सबै मागेर खान्छन्, मागेर पिउँछन्, मागेर पत्रपत्रिका पुस्तक पढ्छन् ।

मागेर नोटबुक घोक्छन् । नेताहरू प्रत्येक पाँच वर्षमा भीक्षुकको भाँति द्वारमा उभिएर भोट माग्छन् आमा, एक भोट मलाई । आमा जवाफ दिनुहुन्छ कि अरू त कुन्नी तर यो भिखारी हरेक पाँच वर्षमा मेरा दैलामा भोट माग्न पक्का आउँछ, आयो, गर्ने चाहिँ केही होइन । स्थायी माग्ने ।

हरिः ॐ॥


कथा ५.
विन मागे मोति मिले, मागे मिले ना भिख ॥

एक बिहान एउटा धनाढ्य र गरिव एकैपटक भगवानको ढोकामा हात जोड्दै उभिएर भन्न लागेछन् –

धनाढ्य – हे भगवान! मलाई ईमान धर्म दिनुहोस्। सत्य बोल्ने तागत दिनुहोस् । ममा दयाको भण्डार भर्नुहोस् ।
गरिव – हे भगवान! मलाई खानका लागि यथेष्ट अन्न दिनुहोस् । मलाई लगाउने प्रसस्त लुगा दिनुहोस् । बास् बस्नका लागि एउटा घर दिनुहोस् ।
भगवानको द्वारबाट निस्किएको केही क्षणपछि ती दुबैजनाको भेट गाडी पार्किङमा भयो । धनीले गरिवलाई कटाक्ष गरि, हे भलाद्मी! ईश्वरसँग माग्नै परेपछि केही राम्रा कुरा पो माग्नु पर्ने। के जाबो खानेकुरा, लुगाफाटो र बास मागेको ? गरिवले भने, सुन्नुस् महोदय ! मसँग धर्म, ईमान, सत्य, दया र निष्टा जस्ता अमूल्य मानवीय गुणहरू छन् । त्यसै भएर म सँग जुन बस्तु छैन त्यही बस्तु माँगेको हुँ ।

हरि: ॐ॥



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment