फ्रान्सेली फरवार्ड डिम्बाला यूरो कप फुटबलबाट बाहिरिए

०७ असार, एजेन्सी । फ्रान्सेली फरवार्ड ओसमाने डिम्बाला यूरो कप फुटबल २०२० को बाँकी खेलबाट बाहिरिनुभएको छ । घुँडामा आएको चोटको कारण उहाँ प्रतियोगिताबाट बाहिरिनुपर्ने भएको फ्रेञ्च फुटबल संघले सोमबार एक वक्तब्य जारी गरी जानकारी गराएको छ ।

फ्रान्सले शनिबार हँगेरी बिरुद्ध १–१ को बरारबी खेल्दा डिम्बाला दोस्रो हाफमा ‘सब्स्टिच्युट’ खेलाडीको रुपमा मैदानमा उतारिएका थिए । तर ३० मिनेट बितेपछि उहाँ मैदानबाट बाहिरिनुभयो । निको हुन कति समय लाग्ने अनिश्चित रहेको वक्तब्यमा उल्लेख गरिएको छ । उहाँलाई शनिबार राति नै बूडापेष्ट स्थित एक अस्पतालमा लगेर एक्स रे गरिएको थियो ।
बुधबार फ्रान्सले समूहगत् चरणको अन्तिम खेलमा यूरो कप फुटबलका साबिक विजेता पोर्चुगलको सामना गर्नेछ । डिडियर डस्क्याम्पको फ्रान्स समूह एफको शीर्ष स्थानमा छ । दुई खेलमध्ये एकमा जित र एक बराबरी खेलेको फ्रान्स शीर्ष स्थानमा जर्मनी दोस्रो तथा पोर्चुगल तेस्रो स्थानमा छ ।
डिडियर समक्ष एन्टोनियो ग्रिजमन्न, करिम बेञ्जिमा, कायलन म्बाप्पेले सुरुवात गरेपछि ओलिभर जिरौड, किंग्स्ली कोमन र विस्सम बेन येडर डिम्बालाको विकल्पका रुपमा छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment